रामबहादुर थापा नेतृत्वको नेकपा कार्यदल भंग

32

छिनछिन खबर
काठमाडौं–नेकपाको सांगठनिक एकीकरणलाई लागि सुझाव दिने गठित कार्यदल भंग गरिएको छ । कार्यदलको म्यादबारे निर्णय लिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो ।

अब कार्यदलको जिम्मेवारी सचिवालयलाई नै लिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यदलका संयोजक रामबहादुर थापाले अपुरो प्रतिवेदन पेस गर्दै एक हप्ताको समय थप गर्न माग गरेका थिए । पार्टीको सांगठनिक एकताको खाका तयार पार्ने क्रममा विवाद भएपछि सो जिम्मेवारी सचिवालय आफैंले गर्ने गरी कार्यदल विघटन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यदलको काम सचिवालय आफैंले गर्ने र स्थायी समिति बैठक बोलाएर निर्णय लिने गरी कार्य दल विघटन गरिएको उनको भनाइ छ । पार्टीको सांगठनिक एकताको काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बैठकमा कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए । गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो ।

उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियो ।

Womui
Womui