सांसद ओलीको निधनले सिंगो पार्टी र देशलाई क्षतिः प्रधानमन्त्री

123

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ५ नम्बर प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा स्वर्गीय ओलीको शवमा पार्टीको झन्डा ओढाएर प्रधानमन्त्रीले श्रद्धाञ्जली व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेकपाका एक जना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे बताए । उनले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ ख बाट तत्कालीन नेकपा (एमाले) को तर्फबाट ओली विजयी भएका थिए । १६ दिनअघि दाङमा भएको सवारी दुर्घटनामा ओली घाइते भएका थिए । उनी ३७ वर्षका थिए ।

Womui
Womui