भ्रष्टाचार काण्डमा मुछिएका समाज कल्याणका पदाधिकारी बर्खास्त

116

छिनछिन खबर
काठमाडौं,फागुन ९ । सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ ।

फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उनीहरुले बद्नीयतपूर्ण र कानुनविपरित काम गरेको पाइएकाले पदमुक्त गरिएको जानकारी दिए ।

साथै बैठकले परिषदमा भएको आर्थिक प्रशासनिकलगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारवाही गर्न छानविन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पठाउने निर्णय गरेको छ ।मन्त्री बास्कोटाले यही विषयलाई लिएर भ्रष्टाचार बढेको रुपमा नबुझ्न आग्रह गर्दै भ्रष्टाचार नियन्त्रणको प्रयासका रुपमा बुझ्न आग्रह गरे ।

Womui
Womui