कोइराला र देउवा परिवारबीच किन बढ्दैछ विवाद ?

39

छिनछिन खबर
काठमाडौं– केही दिनयता नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच देउवा र कोइराला परिवारको मुद्दामा विवाद हुन थालेको छ । शंशाक, शेखर र सुजाता कोइरालाले पार्टी नेतृत्व कमजोर भएको बताइरहँदा सभापति शेरबहादुर देउवा र पक्षधर समूह प्रतिकारमा लागेको छ ।


केही दिनअघि विराटनगर पुगेका तीन कोइराला परिवारका सदस्यले देउवालाई पार्टी राम्रोसँग चलाउन नसकेको मात्र आरोप लगाएनन् । आगामी महाधिवेसनले नेतृत्व परिवर्तन गर्नेसम्मको चुनौति दिए । जीपी कोइराला फाउन्डेसनको कार्यक्रममा शेखर कोइरालाले देउवाको चर्काे आलोचना गरे । देउवाकै कारण इतिहासमै कांग्रेस कमजोर भएको उनको गुनासो थियो । लगतै बुधवार देउवा वीरगञ्ज पुगेर कोइराला परिवारको आलोचना गरे । देउवाले कांग्रेस कुनै परिवारको बपौति नभएको समेत बोल्न भ्याए । कोइराला परिवारलाई लक्षित गर्दै देउवाले भने ‘हाम्रो टाउको फुटदा उनीहरु कहाँ थिए ?’


देउवाले शेखरलाई जथाभावी नबोल्नसमेत निर्देशन दिए । ‘जथाभावी बोल्दै हिँड्ने ? शेखरको के हैसियत छ ? अब अनुसाशनको कारवाही गर्छु’, देउवाले भने । कोइराला र देउवाबीच विवाद बढ्दै गएपछि पार्टी प्रस्ट रुपमा दुई थु्रव खडा भएको छ । त्यसको असर आगामी महाधिवेसनसम्म झनै देखिनेछ ।

Womui
Womui