‘लुट्न सके लुट कान्छा’ गीतको तालमा नचाऔंः प्रधानमन्त्री ओली

197

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लुट्न सके लुट कान्छा’ गीतको तालमा ननाच्न प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका विपक्षीलाई आग्रह गरेका छन् । ‘गायकले भावनामा बगेर गीत लेखे, सर्वसाधारणले मन पराएनन्,’ ओलीले भने, ‘अनि गायकले गीत फिर्ता लिए ।’ उनले उक्त गीत सरकारले फिर्ता नगराएको दावी गरे ।

ओलीले भने, ‘लुट्न सिकाउने गीतलाई माननीयज्यूले २५ हजार पुरस्कारको घोषणा गर्नुभएछ, हामी कतातिर जाँदैछौ ।’ उनले पशुपति शर्माले गाएको गीतलाई फिर्ता लिन लगाउनु पर्ने कुनै कारण नभएको जिकिर गरे ।
ओलीले गायक शर्माले गीतका शब्दमा समस्या पाएपछि आफैले फिर्ता लिएको दावी गरे । सरकारले गीत बन्द गर्न कतै पनि दवाव नदिएको उनको भनाइ छ । गायक शर्माले भने सत्तारुढ दलका युवाहरुले दवाव दिएका बताएका छन् ।

ओलीले आफू लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा जीवनभर लडेको हुनाले अभिब्यक्ति स्वतन्त्रतामा रोक नलगाउने बताए । जीवनमा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि सवैभन्दा धेरै लडँे,’ उनले भने ‘देशभर म जति कोही प्रेस स्वतन्त्रताका लागि लडेको छ भने हात उठाए हुन्छ ।’

ओलीले भ्रष्टाचार जहाँ र जस्तो अबस्थामा भएपनि कारवाही गर्ने बताएका छन् । सुदरपश्चिम प्रदेश सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतदेखि अख्तियारसम्म भ्रष्टाचारी भए कारवाही गर्ने बताए । ‘हामी भ्रष्टाचारको तेन्द्रो समाउदै जाँदा अख्तियारसम्म पुग्यौं, भ्रष्टाचार गर्ने आयुक्त राजीनामा दिएर भागे, उनलाई कारवाही गरेरै छाडिन्छ ।’

Womui
Womui