८ वर्षीय बालकमाथि निर्घात कुटपिट

74

उब्जन बम

बर्दिया, फागुन ७

बर्दिया मधुवन नगरपालिका–८, का ८ वर्षीय बालकमाथि निर्घात कुटपिट भएको छ । सोही गाउँका ३५ वर्षीय टेकनाथ योगीले सन्दीप थारुलाई कुटपिट गरेको बताइएको छ ।
कक्षा ३ मा अध्ययनरत सन्दीप विद्यालय जाँदै गर्दा योगीले जबरजस्ती जंगलतिर लिएको आफन्तले बताएका छन् । सन्दीप जंगल जान नमान्दा योगीले टर्च लाइटले टाउकोमा हानेको उनका आफन्तको भनाइ छ । सन्दीप घाइते हुँदा विद्यालयका अन्य बालबालिकाहरू भागेका थिए । जंगलमा योगीले आफ्नो घाँटी निमोठेको सन्दीपले बताए । सोही अवस्थामा शिक्षकहरूले छुटाएको सन्दीपको भनाइ छ । उता योगीले भने आफ्नो श्रीमतीलाई सन्दीपको आमाले दोस्रो विवाह गराउन खोजेको र सोहीका बदला लिन यस्तो गरेको बताए । उक्त बालकलाई उपचारको लागि बर्दिया जिल्ला अस्पतालमा पठाइएको र अभियुक्तलाई स्थानीय प्रहरी चौकी कोठीघाट बुझाएको प्रत्यक्षदर्शी भीमबहादुर पुन मगरले बताए ।

Womui
Womui