५ नम्बर प्रदेशको राजधानी बुटवल हुनै सक्दैनः चौधरी

107

छिनछिन खबर
काठमाडौं– प्रदेश नम्बर ५ का सांसद तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले बटवल कुनै पनि हालतमा प्रदेशको राजधानी हुन नसक्ने बताएका छन् । मंगलबार दाङको तुलसीपुरमा बोल्दै उनले त्यस्तो बताएका हुन् । चौधरी ५ नं. प्रदेशको लेखा समितिका सभापति समेत हुन् ।

उनले जो जसले आन्दोलन गरे पनि बुटवल राजधानी बन्न सक्ने अवस्थामा नभएको बताए । यतिखेर धेरैको जोड बुटवलको विकल्प खोज्नेतर्फ रहेको उनको बताए । विगतदेखि नै राजधानी बनाउँदा सबैलाई पायक पर्ने स्थानमा बनाउनु पर्ने आवाज उठ्दै आएको छ । अघिल्लो सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले दाङलाई स्थायी राजधानी बनाउन राम्रो प्रयास भइरहेको सूचना पाएको बताए ।

Womui
Womui