भैरहवामा श्रोत नखुलेको ४६ लाख रुपैयाँसहित दुई पक्राउ

59

छिनछिन खबर
भैरहवा–भैरहवामा श्रोत नखुलेको ४६ लाख रुपैयाँ सहित दुई युवा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको भन्सार सुरक्षा गस्तीको टोलीले त्यो रकमसहित पक्राउ गरेको हो ।


सशस्त्र प्रहरी उपरीक्षक गोबिन्द खातीका खातीका अनुसार भारतको सुनौली नाका हुँदै नेपाल भित्रिएको युपी ५६ टी ३०७१ नम्बरको टोयोटा कार चेकजाँच गर्दा गुल्मी साविक रुपाकोट–५ का चन्द्रकान्त पौडेलको साथबाट सो रकम बरामद भएको हो । बरामद भएको रकमबारे पौडेलले कुनै श्रोत बताउन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको खातीले बताए ।
खातीका अनुसार जाँच गर्दा गाडीको डिक्कीमा झोलाभित्र बिस्कुटको कार्टुनमा सो रकम फेला परेको थियो ।

जसमा नेपाली १ हजार रुपैयाँका २ हजार ९ सय ३५ थानले जम्मा २९ लाख ३५ हजार, ५ सय दरका २५ सय थानले जम्मा १२ लाख ५० हजार गरी ४१ लाख ८५ हजार रहेको थियो । यस्तै भारतीय रुपैयाँ २ हजार दरका ४१ थान, ५ सयका ३ सय ४७ थान, २ सयका १२ थान, १ सयका २ सय ९१ थान र ५० का २ थान गरी जम्मा २ लाख ८७ हजार १ सय भारतीय रुपैया (नेरु ४ लाख ५९ हजार ३ सय ६०) गरी कुल ४६ लाख ४४ हजार ३ सय ६० रुपैयाँ बरामद गरिएको खातीले बताए ।

कारसँगै चालक भारत महाराजगन्ज नौतनवाका ३३ वर्षीय सोमई धवललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका ४५ वर्षीय पौडेल भारतको मुम्बईमा कार्यरत छन् । उनले यो रकम अन्य कामदारहरुको संकलन गरी बुझाइदिन ल्याएको बताए पनि क–कसको कति रकम र कुना ठेगानामा लिनुपर्ने हो भन्नेबारे बताउन नसकेपछि नियन्त्रणमा लिनु परेको प्रहरीको भनाइ छ ।

Womui
Womui