संस्थागत बिद्यालयको अवस्था खस्किदै गएकोमा चिन्ता

115

हेमन्तराज काफ्ले
नेपालगन्ज, फागुन ७-
शिक्षा विकास तथा समन्वय ईकाई बाँकेले विभिन्न बिद्यालयका संस्थापक तथा प्रधानाध्यापकलाई तालिम दिएको छ । अहिले संस्थागत बिद्यालयको अवस्था दिन प्रतिदिन खस्किदै गएको छ । सो क्रममा सम्बोधन गर्दै इकाइ प्रमुख गोरखबहादुर थापाले संस्थागत बिद्यालयबीच अस्वस्थ प्रतिस्पर्धा, एकाधिकार, मनपरी र प्राचिन तरिकामै चलेकाले दिन दिनै खस्किदै गएको भन्दै यसका लागि निर्देशिका जरुरी भएको बताए । बिद्यालयलाई राम्रो र गुणस्तरिय बनाउन बिद्यालयलाई सहज तरिकाले चलाउन यो निर्देशिका एक सहज अस्त्रका रुपमा बन्ने उनको भनाई छ ।

बिद्यालयले सम्पुर्ण नीति/नियम पालना गर्नु पर्ने र साथै निर्देशिकाले सबैलाई सहज बनाउने बताए । तालिममा शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत लोकबहादुर शाहीले संस्थापक तथा प्रधानाध्यापकलाई सहजीकरण गरेका थिए । उनले अहिले राज्यले बनाएको शिक्षा नीति अनि पाठ्यक्रम तथा अबका संस्थागत बिद्यालय कस्तो हुने, बिद्यालयले लिने शुल्कदेखि लिएर अबका बिद्यालयका सम्पुर्ण सुविधा अनि अबको समग्र शिक्षा नीतिका बारेमा जानकारी दिएका थिए । शैक्षिक तालिम केन्द्रका प्रमुख माधव शर्माले कन्फिलिक्ट मेनेजमेन्ट्सका बारेमा बिद्यालयभित्र हुने विभिन्न समस्याहरु र तिनका निवारण कसरी गर्ने द्वन्द्व ब्यवस्थापन सम्बन्धी विविध जानकारीका साथै अभिमुखिकरण गरेका थिए ।

Womui
Womui