अब सरकार फेरिदैँन, बानी फेरौँः प्रधानमन्त्री ओली

116

छिनछिन खबर
काठमाडौँ,फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार नौ महिने सरकार जस्तो नभएको बताएका छन् । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नौ–नौ महिनामा सरकार परिवर्तन हुने बानी परेका नेपालीले यो सरकारले काम गरेरै एक वर्ष बिताउँदा अनौठो लागेको हुनसक्ने बताए ।

‘नेपालीलाई अनौठो बानी छ । नौ–नौ महिनामा नयाँ सरकार हेर्ने । सरकार बनेको तीन महिना चुप लाग्ने, अर्को तीन महिना खै त काम भन्ने । र नौ महिनामा सरकार फाल्ने,’ उनले भने, ‘यस्तो बानी परेका हामीहरुलाई सरकारले कामै गरेर एक वर्ष कटायो भन्दा अनौठो लागेको हुन सक्छ ।’प्रधानमन्त्री ओलीले सरकारको एक वर्ष समृद्धिको आधार वर्ष भएको बताए । सरकारले विभिन्न योजना अगाडि बढाउँदा धेरै प्रश्न उठेको भन्दै ति नौ महिने सरकारका सार भएको बताए ।‘आज मैले जे–जे प्रश्न सुनिरहेको छु, ति नौ महिने सरकारका अनुभवमा आधारित सार पो हुन कि ? यदि यस्तै हो भने विनम्र अनुरोध गर्दछु, प्रधानमन्त्रीले भनेका छन, ‘बानी फेरौँ नयाँ बानी बसालौँ । अब सरकार फेरीदैँन, त्यसकारण बानी फेर्नुपर्छ ।’

’भ्रष्टाचारीका लागि मुखमा पानी हालेर बोलेको छैन’

प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकारले गएको बर्ष प्रभावकारी काम गरेको बताए । एक बर्षमा राजश्व अपचलनमा ४९, सहित विभिन्न क्षेत्रका भष्टाचारमा संलग्न ९९ कर्मचारीलाई ७ अर्ब रकम दाबीसहित मुद्दा चलाइएको जानकारी दिए ।उनले सुशासनको लागि कसैसँग सम्झौता नगरेको बताउँदै सुशासन कायम गर्न सरकार सफल भएको बताए । उनले भने, ‘बुझे हुन्छ मैले भ्रष्टाचारीका लागि मुखमा पानी हालेर बोलेको छैन ।’

Womui
Womui