प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

73

मालती ओली
काठमाडौं– सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युवालाई स्वदेशी रोजगारीमा लाग्न र त्यस्तो सम्भव नभए निर्वाह भत्ता उपलब्ध गराउन यो कार्यक्रम ल्याएको जनाएको छ ।


सरकारले ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ नारा दिएको छ । नयाँ कार्यक्रम अनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने जनाएको छ । त्यसका लागि बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास भएको गाउँ वा नगरपालिकाको वडा कार्यालयमा सूचीकरण हुनुपर्नेछ ।

वर्षमा सय दिन पनि काम नपाउने श्रमिकलाई सरकारले २२ हजार ४ सय १६ रूपैयाँ दिनेछ । निर्वाह भत्ताका रूपमा पाइने यो पैसा लिन विभिन्न सर्तहरू भने पूरा गर्नु पर्नेछ । सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । परिवारको कुनै एक सदस्यको रोजगारी भए अर्को बेरोजगारले निर्वाह भत्ता पाउँदैनन् । त्यस्तै, सरकारले तोकेको भन्दा वार्षिक कम आय भएका परिवारलाई मात्र यस्तो भत्ता दिइने छ । परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा भएकाले पनि निर्वाह भत्ता प्राप्त नगर्ने मन्त्रालयले जनाएको छ ।

Womui
Womui