केपी, माधव र झलनाथ जनयुद्ध दिवसमा सहभागी भएनन्

315

 प्रशिद्धिका खड्का
काठमाडौं– २४ औ जनयुद्ध दिवसमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरू माधव नेपाल रझलनाथ खनाल सहभागी भएनन् । हरेक फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउने गर्छन् ।

१० बर्ष लामो द्वन्द्वको नेतृत्व गरेका पुष्पकमल दाहाल तत्कालीन नेकपा एमालेसंग पार्टी एकतापछि हाल नेकपाका अध्यक्ष छन् । बुधबार जनयुद्ध दिवसमा दाहाल एक्लै सहभागी भए । अध्यक्षको हैसियतमा दाहाल नेकपाको कार्यालय धुम्वाराहीमा सहभागी भए । कार्यक्रममा उनले ओली अरु काम परेकाले नआएको बताए । नेकपाका महासचिव बिष्णु पौडेल र अर्का नेता कृष्णगोपाल श्रेष्ठले कार्यकर्तालाई मोबाइल एसएमएस र फोनमार्फत ‘जनयुद्ध दिवस मनाउन’ निमन्त्रणा गरेका थिए ।

पार्टीका वरिष्ठ नेता माधव नेपाल उपत्यका बाहिर छन् । पाटी कामको सिलसिलामा उपत्यका बाहिर रहेकोले काठमाडौं आइपुगी नसकेको सचिवालयले जानकारी दिएको छ । त्यसैगरी अर्का नेता झलनाथ खनाल े निवासमै छन् । पार्टीले मुख्यालयमा कार्यक्रम गरिरहँदा खनाल चिनियाँ टोलीसँग भेट गर्दै थिए ।

Womui
Womui