१२ एसपीको सरुवा, को कहाँ ?

41

छिनछिन खबर
काठमाडौं– प्रहरी प्रधान कार्यालयले १२ प्रहरी उपरीक्षक (एसपी) को एकैसाथ सरुवा गरेको छ । एसपीबाट एसएसपी बढुवा भएपछि रिक्त रहेको स्थानमा सरुवा गरिएको हो ।

जस अनुसार झापामा दिनेशराज मैनाली खटाइएका छन् भने बागलुङमा एसपी हरि शर्मा पुगेका छन् ।

दीपकराज खरेल सशस्त्र प्रहरी गण नं. १ मा पठाइएको छ । त्यस्तै, दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा कार्यरत मुकेशकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाइएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत एसपी योगबहादुर पाललाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैया, बारा, अपराध अनुसन्धान विद्यालयका एसपी गोपालचन्द्र भट्टराईलाई जिल्ला प्रहरी कार्यालय, सर्लाही र कञ्चनपुरका एसपी कुवेर कडायतलाई पहरा गण, सामाखुसी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी केदार ढकाल महानगरीय अपराध महाशाखा, टेकु आएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् दिनेशकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एसपी भूपेन्द्रबहादुर खत्री जिल्ला प्रहरी कार्यालय, रौतहट पठाइएका छन् भने जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी दीपक रेग्मी प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज पठाइएका छन् । अपराध अनुसन्धान विभागका एसपी ध्रुवराज राउत दंगा नियन्त्रण प्रहरी गण हेटौंडा पुगेको छन् ।

Womui
Womui