विश्व अर्थ व्यवस्थामा आँधी आउन सक्ने आइएमएफको चेतावनी

78

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका सबै देशहरुलाई आर्थिक बृद्धि अनुमानभन्दा कम देखिएकाले ठूलो आर्थिक आँधीका लागि तयार रहन चेतावनी दिएको छ । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्डले दुबईमा आयोजित वल्र्ड गभरमेन्ट समिटमा अनुमान भन्दा अधिक कम गतिमा आर्थिक वृद्धि भइरहेको बताइन् । गत महिना आइएमएफले यस वर्षका लागि आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमान ३.७ प्रतिशतबाट घटाएर ३.५ बनाएको थियो ।लेगार्डले विश्व अर्थव्यवस्थालाई कमजोर बनाउने मुख्य कारकका रुपमा अमेरिका र चीनबीचको व्यापार युद्ध र कर वृद्धि, वित्तिय कडाई, अनिश्चित ब्रेक्जिट परिणाम र चीनियाँ अर्थव्यवस्थाको सुस्तता गरी ४ वटा तत्व रहेको र त्यसले आँधी ल्याउन सक्ने चेतावनी दिएकी छन् ।


उनले विश्वका दुई ठूला अर्थब्यवस्था भएका मुलुक अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा पहिले नै असर देखाउन सुरु गरिसकेको बताइन् । उनले भनिन् ’हामीलाई यसको कुनै अनुमान छैन कि यो कसरी चलिरहेको छ र हामीलाई थाहा छ कि, यसको असर ब्यापार तथा विश्व बजारमा देखिन सुरु भैसकेको छ ।’ लेगार्डले सरकार, फर्म र घरपरिवारद्धारा लिइएको ऋणको बढ्दो लागतलाई पनि जोखिमको कारक तत्वका रुपमा पनि संकेत गरेकी छन् । उनले भनिन्, ‘जब धेरै बादल हुन्छन्, तब एउटा चट्याङले नै आँधी ल्याउन सक्छ ।’

Womui
Womui