नेपाली कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रका पक्षमा वहस

92

छिनछिन खबर
काठमाडौं– नेपाली कांग्रेस महासमिति बैठकमा मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्ने आवाज उठेको छ । बैठकमा सहभागीहरूले स्रविधानमा धर्मनिनरपेक्षता उल्लेख गरिएकोमा विरोध गरे । यसअघि महामन्त्री शशांक कोइरालासहितको समूहले हिन्दु राष्ट्रका पक्षमा आवाज उठाउँदै आएको छ । महासमिति बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर संकलन गरिएको छ ।

हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरमा मेयर उम्मेदवार बनेका नेता राजुराज जोशीले गरिरहेका छन् । हस्ताक्षर गर्नेमा चीरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, शंकर भण्डारीलगायत रहेको उनले जानकारी दिए । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका छन् ।

६ सय बढीले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । महासमितिमा पेश भएको राजनीतिक प्रस्तावमा धार्मिक स्वतन्त्रताको मुद्दा समेटिनुपर्ने भनी सहमहामन्त्री प्रकाशशरण महत र उपसभापति विमलेन्द्र निधिबीच भनाभन भएको थियो ।

Womui
Womui