धनगढीमा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

117

छिनछिन खबर
धनगढी,पौष १ । कैलालीको धनगढीमा टिपरको ठक्करबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

 

धनगढी उपमहानगरपालिका(६ बस्ने ६७ वर्षीय दुर्गाप्रसाद जोशीको मृत्यु भएको हो।से१क ६७२ नम्बरको टिपरले जोशीलाई ठक्कर दिएको थियो। जोशीलाई सेती अञ्चल अस्पताल ल्याइएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक हरिबहादुर ओलीले बताए।प्रहरी प्रवक्ता ओलीका अनुसार गौरिगंगा नगरपालिका(६ बनवेहडा बस्ने चालक अशोक चौधरी र टिपरलाई नियन्त्रणमा राखिएको छ।

Womui
Womui