नेपालगन्जमा सरसफाई महाअभियान सञ्चालन

109

नेपालगन्ज, मंसिर २९¬
नेपालगन्जमा शनिबार सरसफाई महाअभियान सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा इन्प्रोकको सह–आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभीन्न सामाजिक संघसंस्था, प्रहरी, सेना, शिक्षालय लगायतको सहकार्यमा विहान नगरका अधिकांस रोडमा सरसफाई गरिएको हो ।

एक महिनादेखि नेपालगञ्जका सडक, टोल, गल्ली एक्लै एक्लै सफाई गर्दै आएका विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र शुसिला महर्जनको समेत उपस्थितीमा बिहान ८ बजे एक साथ २० वटा रुटमा सरसफाई सुरु गरिएको थियो । हाम्रो नेपालगन्ज सफा नेपालगन्ज भन्ने नारासहितको अभियानको उपमहानगरपालिका अगाडीबाट नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगरले शुभारम्भ गरेका थिए ।


नगर प्रमुख राणाले विकास निर्माणको गतिसँगै सरसफाई अभियानलाई पनि तिव्रता दिइएको बताउँदै फोहर व्यवस्थापनमा सबैको हातेमालोमा जोड दिए । उपप्रमुख थापामगरले फेहरै नगर्ने संँस्कृतिको विकास गर्नु पर्ने आवश्यक्ता औल्याईन् । संघका अध्यक्ष नन्दलाल बैश्यले घरको फोहर घरमै व्यवस्थापन गर्नुपर्ने भन्दै अभियानको प्रभावकारितामा जोड दिए । सरसफाई अभियन्ता राजमानले सफाईका लागि प्रत्येक व्यक्ति जिम्मेवार बन्नुपर्ने बताए । नगरप्रमुख राणा, उपप्रमुख थापामगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतका ब्यक्तिहरु पनि सरसफाईमा जुटेका थिए । वडा स्तरमा वडा अध्यक्षले अगुवाई गरेको अभियानमा जनप्रतिनीधी, नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, उद्योगी व्यवसायी, पेशागत संघ संगठनका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui