पाल्पामा सुत्केरी बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु

111

छिनछिन खबर
पाल्पा– पाल्पामा विहीबार राति भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पूर्वखोला गाउँपालिका–२ जल्पा आर्गीडाँडामा जीप दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । तानसेनबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


जीपमा चालक बीरेन्द्र राना, तीन दिनकी सुत्केरी २४ वर्षीया कुनीसरा रुचाल, ४० वर्षीया बोमाकुमारी दर्लामी, ७१ वर्षीय रेवतबहादुर जीसी र ३२ वर्षीया यानीसरा गाहा सवार थिए । तानसेनबाट सुत्केरी लिएर बहादुरपुर जाँदै गर्दा लु १ ज २६५३ नम्बरको जीप दुर्घटनामा परेको थियो । जल्पाको आर्गिडाँडा ओढारे भीरमा दुर्घटनाग्रस्त जिप सडकबाट झण्डै ९ सय मिटर तल खसेको थियो । घाइतेहरुको तानसेनस्थित प्रवास अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui