दाङमा आगोमा जलेर एकै घरका ३ बालबालिकाको मृत्यु

266

छिनछिन खबर
दाङ– बंगलाचुली गाउँपालिका गुराँसेमा एक घरमा आगलागी हुँदा एकैघरका ३ जनाको जलेर मृत्यु भएको छ । आगोमा जलेर मृत्यु हुनेमा नवराज पुनका ७ वर्षीय कृष्णबहादुर र ५ तथा २ वर्षका दुई छोरीहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


प्रहरीका अनुसार अभिभावक घरमा नभएको बेला सोलारको ब्याट्री पड्किएर घरमा आगो लागेको थियो । घटनापश्चात २ तले कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने घरमा भएका सबै सामान समेत जलेका छन् । आगलागीमा परी ा ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

Womui
Womui