कांग्रेसको महासमिति बैठकको तयारी पूरा

64

छिनछिन खबर
काठमाडौं– मंसिर २९ गतेदेखि हुने गइरहेको महासमिति बैठकको सबै तयारी पूरा भएको नेपाली कांग्रेसले जनाएको छ । पुस ३ सम्म चल्ने बैठकमा देशभित्र र बाहिरबाट गरी करिब १६ सय महासमिति प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा संघीयता कार्यान्वयन भन्दाअघि कायम रहेका निर्वाचन क्षेत्रअनुसार सदस्यहरु सहभागी हुने भएका छन् ।


जिल्ला सभापति रहेर महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति पर्यवेक्षकको हैसियतमा सहभागी हुने जनाइएको छ । साथै, बैठकमा सहभागी गराउन सभापतिले १० जना मनोनित गर्ने व्यवस्था छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिका लागि अनुमानित एक करोड खर्च हुने जानकारी दिए । कांग्रेसको महासमिति बैठकको लागत सहभागी र पार्टीको जगेडा कोषबाट हुने उनले बताए ।

Womui
Womui