साना किसानको २८ करोड ३९ लाख ऋण मिनाहा

102

छिनछिन खबर
काठमाडौं– सरकारले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानको सवा २९ करोड ३९ लाख ऋण मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले साना किसानको ऋण मिनाहा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।


मन्त्री बाँस्कोटाले तत्कालीन साना कृषि सहकारीबाट ऋण लिएका किसानको ऋण मिनाहा गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय भएको बताएका हुन् ।
उक्त निर्णयबाट ६ सयदेखि ७ सय साना किसान परिवार लाभान्वित हुने बताइएको छ । सरकारले मिनाहा दिने भनी घोषणा गरेको रकमको सावाँ र व्याजसहित अहिले एक अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । यो निर्णयसँगै ऋण तिर्न नसकेर धितो बन्धक भएका किसानको धितोसमेत फुकुवा हुनेछ ।
ग्रामीण स्वावलम्बन कोषका कार्यक्रमहरु साना किसान लघुवित्त वित्तीय संस्थाबाट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिनुको साथै मानवअधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ स्वीकृत समेत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले जानकारी दिए ।

Womui
Womui