जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चाका ११ जनाद्वारा आत्मसमर्पण

31

छिनछिन खबर
काठमाडौं– एकदशक भन्दा बढी समयदेखि मधेसमा भूमिगत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीका ११ जना नेताहरुले आत्मसमर्पण गरेका छन् । राजविराजमा सरकारी वार्ताटोली समक्ष बुधबार मोर्चाका समुहका अविनाशसहित ११ सदस्यले १३ थान हतियारसहित आत्मसमपर्ण गरेका हुन् । यसअघि गोइत समुहको १५ सदस्यीय समिति रहेको बताइएको थियो ।


आत्मसमर्पण गर्नेहरुमा अविनाशसहित नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानीप्रसाद अगरिया यादव, बद्री यादव, मो.सफिर, देवेन्द्र खड्गा, सञ्जयकुमार यादव र फुलकुमार यादव लगायत छन् । आत्मसमपर्ण गर्ने समुहले १० थान कटुव पेस्तोल, १२ थन गोली २ थान रिभल्बर पनि बुझाएका छन् ।  कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने साथै सुरक्षा निकायका प्रमुख सञ्चारकर्मी र अधिकारकर्मीको उपस्थिति थियो ।

Womui
Womui