राप्तीसोनारी गाउँपालिकाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार

74

नेपालगन्ज, मंसिर २६-

राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका विभिन्न नदी, खोलाबाट निर्माण सामग्री संकलनका लागि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन(आईई) तयार गरेको छ । प्रतिवेदन ‘इन्भाइरोमेन्टल ओर्कस् एण्ड सर्भिसेज प्रालि’ काठमाडौंसँगको सहकार्यमा गाउँपालिकाले तयार गरेको हो । उक्त प्रतिवेदन अनुसार राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदी तथा मुगुवा, खैरी, झिझरी र परुवा खोलाबाट बार्षिक रुपमा कुल ३ लाख ५९ हजार ७ सय ६७ घनमिटर ढुंगा, गिट्टी र बालुवा संकलन गर्न सकिनेछ ।

प्रतिवेदनमा वडा नम्बर ६ र ७ स्थित राप्ती नदीको ५८ हजार ४ सय ६५ वर्गमिटर क्षेत्रफल, वडा नम्बर २ स्थित मुगुवा खोलाको ५१ हजार बर्गमिटर, वडा नम्बर २ कै खेरी खोलामा ९ हजार ३ सय ८९ बर्गमिटर, वडा नम्बर ८ र ९ को झिझरी खोलामा ३३ हजार ८६ र वडा नम्बर ८ को परुवा खोलामा १४ हजार ८ सय ८ बर्ग मिटर क्षेत्रफलमा प्रस्ताव गरिएको छ । उक्त प्रतिवेदनको बैधानिकता आईई स्वीकृत भएको मितिले २ वर्षसम्म वा नदी तथा खोलाको भौगर्भिक आवश्यकता अनुसार एक वर्षमा पनि गर्न सकिने उल्लेख गरिएको छ । प्रस्तावित प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनबारे बुधबार जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराइएको छ ।

उक्त प्रतिवेदनलाई जिल्ला समन्वय समितिको बैठकले स्वीकृत गरिसकेपछि मात्र कार्यान्वयन प्रक्रियामा लगिनेछ । सरोकारवालासँगको छलफलमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले प्रतिवेदन स्वीकृत भए लगत्तै नियम अनुसार सूचना प्रकाशित गरेर तोकिएका स्थानबाट ढुंगा, गिट्टी र बालुवा संकलनका लागि ठेक्का आब्हान गरिने बताए । सो क्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, उपसंयोजक ज्ञानेन्द्रकुमार चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५, ८ र ९ का वडाअध्यक्षहरु क्रमशः झगरु थारु, खुमबहादुर बस्नेत र महाबीर ओली, जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेल, सशस्त्र प्रहरी, वन कार्यालय लगायत निकायका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।

जिल्लाका सरोकारवाला निकायले प्रतिवेदनमा समेटिएका विषय बस्तुबारे जिज्ञासा तथा सुझाव राखेका थिए, भने इन्भाइरोमेन्टल ओक्स एण्ड सर्भिसेज प्रालिका तर्फबाट आरजु खड्का र निशा बाल्मिकीले सरोकारवालाको जिज्ञासा मेटाए । तयार भईसकेको आईई प्रतिवेदन समन्वय समितिले स्वीकृत गरिसकेपछि मात्र ठेक्का सञ्चालनको प्रक्रियामाा गाउँपालिका जाने वडाअध्यक्ष बस्नेतले जानकारी दिए ।

Womui
Womui