जन्ति बनेर जनकुपर पुगे भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी

136

छिनछिन खबर
जनकपुर– भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ति बनेर जनकपुर आइपुगेका छन् । ुबधबार विहान ११ बजे विशेष विमानमा जनकपुर आइपुगेका हुन् । रामजानकी विवाह पञ्चमीमा मुख्यमन्त्री योगी जन्ति बनेर जनकपुर आइपुगेका हुन् ।

योगीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले स्वागत गरेका छन् । योगीका लागि जनकपुर क्षेत्रमा ठुलो सुरक्षाकर्मी खट्टिएका छन् । चार हजारभन्दा बढि सुरक्षाकर्मी खट्टिएको ठाउँमा ड्रोनबाट पनि सुरक्षा जाँच गरिने भएको छ । उनको आगमण राजधानी काठमाडौंमा विवादीत बनेपनि प्रदेश २ ले भने भब्य स्वागत गरेको छ । उनले जानकी मन्दिरमा पूजा पनि गर्ने भएका छन् ।

Womui
Womui