सार्वजनिक खरिद अनुगमन कार्यालयले भन्यो– नेपाल एअरलाइन्सको वाइडबडी खरिदमा सुरुदेखि नै गडबडी

146

छिनछिन खबर
काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्दा सुरुको प्रक्रियादेखि नै गडबडी भएको जनाएको छ । निगमले जहाज खरिद गर्दा एउटा मात्र कम्पनीलाई मात्रै लक्षित गर्दै ‘स्पेसिफिकेसन’ तयार गरेको कार्यालयले जनाएको छ ।

खरिद ऐनविपरीत निगमले खास ब्रान्ड, ट्रेडमार्क, नाम पेटेन्ट डिजाइन, प्रकार उत्पति वा उत्पादक उल्लेख गरेको कार्यालयको ठहर छ । निगमले ऐनविपरीत रोल्स रोयस ट्रेन्ट ७७२बी इन्जिनसहितको एयर बसको ए ३३०–२०० निर्धारण गरी आरएफपी जारी गरिएको लेखा समितिलाई पिपिएमओले जवाफ दिएको छ ।
साथै निगमले जहाज खरिदको मूल्य तय गर्दासमेत गडबडी गरेको कार्यालयको ठहर छ । कार्यालयले निगमले जहाज खरिदमा अनेकौं गल्ती गरेको समेत ठहर गरेको छ ।

Womui
Womui