बालुवाटारमा २ दर्जन बढी मानव अधिकारकर्मी पक्राउ

115

छिनछिन खबर
काठमाडौं, मंसिर २४ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरूद्ध प्रदर्शन गरिरहेका दुई दर्जन मानवअधिकारवादी पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रदर्शनमा निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २ दर्जन बढी मानव अधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका क्रममा मानव अधिकारकर्मीहरूले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरूद्ध नाराबाजी गरेका थिए ।

Womui
Womui