निर्मलाका हत्यारालाई उम्किन दिन्नँ–प्रधानमन्त्री ओली

32

छिनछिन खबर
काठमाडौँ, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७० औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसर पारेर सोमवार आयोजना गरेको कार्यक्रममा उनले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दुखद रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही प्रक्रिया अघि बढाउने बताए ।


उनले निर्मलाको परिवारजनलाई धैर्यधारण गर्नससमेत आग्रह गरे । ‘दोषीको ढिलोचाँडो पहिचान हुन्छ । कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन,’ ओलीले भने, ‘सरकारले दोषी पत्ता लगाउन काम गरिरहेको छ ।’
प्रधानमन्त्री ओलीले थपे, ‘विद्यालय जाने धेरै बालबालिका अझै पनि बाहिर रहेकाले आगामी वर्षदेखि कोही पनि बाहिर रहन नदिनका लागि सरकारले तयारी शुरु गरिसकेको छ ।’ उनले विगतका वर्षहरुमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको समेत बताए ।
आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

Womui
Womui