शेयर कारोबारमा पूर्ण स्वचालित अनलाइन प्रणाली

93

प्रशिद्धिका खड्का
काठमाडौं, मंसिर २३ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याएको छ । गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो । बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए । सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएको बताए ।


पूर्ण स्वचालित अनलाइन प्रणालीमा देखिएका समस्या समाधान भएको जानकारी दिँदै प्रवक्ता पराजुलीले धितोपत्र दलाल व्यवसायीले आवश्यक तयारी गरेको बताए । प्रणाली सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ । सबै लगानीकर्ताको हात हातमा पु¥याउने लक्ष्य राखिएको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोबार हुनेछ । त्यसबाट सेयर किनबेच प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ । पराजुलीका अनुसार सम्झौतापत्रमा दुवै पक्षले पालना गनुपर्ने ३९ बुँदे सर्त समावेश गरिएका छन् । सम्झौतापत्रमा ब्रोकरलाई प्रथम पक्ष र लगानीकर्तालाई दोस्रो पक्षका रुपमा लिइएको छ तर बैंक खाताबाट सेयर बिक्रीकर्ता वा खरिदकर्ताले भुक्तानी गर्ने रकमका सम्बन्धमा भने अझै तयारी पूरा भइसकेको छैन । त्यसका कारण कारोबार अनलाइन प्रणालीबाट भए पनि भुक्तानीका लागि भने अझै केही समय धितोपत्र दलाल व्यवसायी कहाँ नै जानुपर्नेछ ।

Womui
Womui