अष्ट्रेलियाका राजदूत शेर्पालाई परराष्ट्रले काठमाडौं बोलायो

52

छिनछिन खबर
काठमाडौं, मंसिर २२ । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले काठमाडौं बोलाएको छ । मन्त्रालयले शेर्पालाई सोधपुछका लागि बोलाएपछि उनी काठमाडौं आएकी हुन् ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर अष्ट्रेलिया पठाएको आरोप लगाएका हुन् ।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया लगेको र श्रीमतीलाईसमेत लैजान पैसा मागेका वाड्चुको भनाइ छ । शेर्पाले भने त्यसको आरोपमा खण्डन गर्दै आइरहेकी छन् ।

Womui
Womui