सरकारको ९ महिने कार्यकालमा धेरै ठूला र ऐतिहासिक महत्वका काम भएःअध्यक्ष प्रचण्ड

56

छिनछिन खबर
काठमाडौं,मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बचाउ गरेका छन् । जनअपेक्षाअनुसार काम नभएको दावी गर्दै आलोचना भइरहँदा अध्यक्ष प्रचण्डले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’ को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाउ गरेका हुन् ।

उनले अब सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दावी समेत गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारवाहन सम्झौंता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि उनले सरकारको आलोचकहरुलाई आग्रह गरे ।अध्यक्ष प्रचण्डले चुनावमा गरिएको प्रतिबद्धता चार वर्ष्भित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे ।

सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अब त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गरे ।उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमै गरिएको पनि स्मरण गराए । अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको पनि बताए ।

Womui
Womui