संसद सचिवालयका कर्मचारीको रमाइलो स् संसद दिवसको दिन ‘टाई’ बनाउने प्रतियोगिता

199

छिनछिन खबर
काठमाडौँ,मंसिर २१ । नेपालका सरकारी कर्मचारीहरुले कार्यालयको काम मात्र गर्दैनन्, बेला बखत रमाइला–रमाइला प्रतियोगिता पनि गर्छन ।अबको केही दिनभित्र नै कर्मचारीले एउटा रमाइलो प्रतियोगिता आयोजना गर्दैछन् । त्यो रमाइलो प्रतियोगिता हो, टाई बनाउने प्रतियोगिता ।

संघीय संसदका कर्मचारीहरुले बाह्रौ व्यवस्थापिका–संसद सेवा दिवसको अवसरमा टाई बनाउने प्रतियोगिताको आयोजना गरेका छन् । आउदो मंसिर २५ गते बिहान ११ बजे हुने टाई बनाउने प्रतियोगितामा सहभागीका लागि नाम दर्ता गर्न कर्मचारीहरुका लागि सूचना प्रकाशन गरिएको छ ।प्रकाशित सुचना अनुसार मंसिर २४ गतेसम्म कार्यालय समयभित्र नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा छिटो टाई बनाएर पहिलो, दोश्रो र तेश्रो हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि जनाइएको छ ।टाई बनाउने प्रतियोगिता गर्नका लागि बाह्रौँ व्यवस्थापिका संसद दिवस, २०७५ मुल समारोह समितिको टाई बनाउने प्रतियोगिता उपसमिति नै बनाइएको छ ।यो समितिको संयोजक मुरारी महत रहेका छन् ।
Womui
Womui