गुण्डा नाईके बस्नेत पत्नी माया शेरचन पाँचलाख धरौटीमा रिहा

118

छिनछिन खबर
काठमाडौं,मंसिर २० । गुण्डा नाईके समिरमान सिंह बस्नेत पत्नि माया शेरचन धरौटीमा छुटेकी छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा छुटेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।

काठमाडौंको गौरिघाटस्थित दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।निर्माण व्यवसायीका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समूहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम पोलेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

मायाको सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ, रोशन र अमरलाई महानगरीय अपराध महाशाखाको टोलीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो ।दावा लामामाथि भएको गोली प्रहार र तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मायालाई गत कात्तिक १९ गते महाशाखाले राजधानीको ठूलो भर्‍याङबाट पक्राउ गरेको थियो ।महाशाखाले पक्राउ गरेको राना, लोप्साङ र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा मायालाई पक्राउ गरिएको हो ।

Womui
Womui