युवतीलाई अस्लिल तस्बीर पठाएको आरोपमा बलिउड गायक मिका सिंह पक्राउ

160

एजेन्सी– बलिउड गायक मिका सिंह एक युवतीलाई अस्लिल तस्बिर पठाएको आरोपमा पक्राउ परेका छन् । दुबईबाट पक्राउ परेका सिंहलाई अबुधावी जेलमा रहेको एजेन्सीहरुले जनाएका छन् । उनले कसलाई अस्लिल तस्बिर कसलाई र कहिले पठाएका हुन् भन्नेबारेमा भने अनुसन्धान भइरहेको प्रहरीले बताइएको छैन ।


बेलाबेलामा विवादमा आइरहने मिका एक पटक भारतीय आइटम गर्ल राखी सावन्तलाई किस गरेको आरोपमा पनि पक्राउ परेका थिए । सो घटनामा माफी मागेपछि उनलाई छोडिएको थियो । थुप्रै सुपरहिट गीत गाइसकेका मिका चर्चित पन्जावी गायक दलेर मेहन्दीका भाइ हुन् ।

Womui
Womui