संघीय समाजवादी फोरमको महाधिवेसन बैसाखमा

34

छिनछिन खबर
काठमाडौं– सत्ता साझेदार संघीय समाजवादी फोरम नेपालको महाधिवेसन बैसाख अन्तिम सातामा आयोजना गर्न प्रस्ताव गरिएको छ । पार्टी मुख्यालय काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेसन २०७६ साल बैसाख २८ र २९ गतेका लागि प्रस्ताव गरेको हो । अध्यक्ष उपेन्द्र यादवले बैठकमा महाधिवेसन बैसाखमा गर्नका लागि प्रस्ताव राखेका थिए ।


सोही बैठकमा राजनीतिक समितिको बैठकमा अध्यक्षसमेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सरकारमा हालसम्म पार्टीका तर्फबाट भए गरेका काम र निर्णयहरूका विषयमा जानकारी गराएका थिए ।

Womui
Womui