तत्कालै मलेसियाको रोजगारी खोल्दिनँ, बरु राजीनामा दिन्छु–श्रममन्त्री गोकर्ण बिष्ट

187

छिनछिन खबर
काठमाडौं, मंसिर २० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्काल मलेसियाको रोजगारी नखोल्ने बरु राजीनामा गर्ने धम्की दिएका छन् । मलेसियासँग भएको श्रम समझदारी कार्यान्वयन गरी रोजगारी खुलाउन चौतर्फी दवाव परेको बेला मन्त्री विष्टले यस्तो धारणा राखेका हुन् । रोजगारीमा जाने नागरिक र पार्टी नेताहरुले चर्काे दवाव दिइरहेका छन् । ‘म बरु पदबाट राजीनामा दिन्छु, नयाँ सिस्टम सुरु नभएसम्म मलेसियाको रोजगारी खोल्दिनँ’, सिंहदरवारमा भएको छलफलमा मन्त्री बिष्टले भने ‘ब्यवसायी साथीहरुले मलाई जति सक्नुहुन्छ दवाव दिनुहोस्, तर म गल्ने पक्षमा छैन ।’ नेकपाभित्र श्रम विभाग हेरिरहेका नेताहरु लेखराज भट्ट, मुकुन्द न्यौपाने, प्रकाश ज्वाला छलफलमा सहभागी थिए । ब्यवसायी समेतलाई बोलाइएको छलफलमा उनले नयाँ सिस्टम लागु नभएसम्म श्रम सम्झौता कार्यान्वयन नगर्ने अडान राखे । श्रम सम्झौता भएको एक महिना बढी भइसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन ।


बिष्टको मुल उदेश्य ‘भेण्डर’ संस्थाका सञ्चालक परिवर्तन गर्ने हो । श्रम सम्झौतामा उल्लेख भएका भीएलएन, आइससी, बायोमेडिकल गर्ने संस्थाका सञ्चालक परिवर्तन गर्ने उनको ध्यान छ । मलेसिया सरकारले भने सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारलाई दवाव दिइरहेको छ । मलेसियाको रोजगार बन्द हुँदा हजारौ कामदार मर्कामा परेका छन् । १० हजारभन्दा बढिको भिसा लागेर पनि मलेसिया पुग्न सकेका छैनन् ।  भेण्डर संस्थाहरु हत्याउन एउटा समुह मन्त्रीको वरीपरी घुमिरहेको छ । पूजा चन्द ठकुरी, रघु पुरी, सन्तोष कार्कीसम्मका ब्यक्तिहरु सिहदरवारदेखि मलेसियासम्म दौड लगाइरहेका छन् ।

Womui
Womui