सर्वोच्चद्वारा पूर्वआईजीपी बोहोरालाई सफाइ

36

छिनछिन खबर
काठमाडौं, मंसिर २० । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले बोहोरालाई भ्रष्टाचारको मुद्दामा सफाई दिएको हो । २०६८ चैत २१ गते विशेष अदालत काठमाडौंले बोहोरालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र करिब २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।


पूर्वआईजीपी बोहोराले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी करिब २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद र करिब २७ लाख नै बिगो र जरिवाना भराउने फैसला सुनाएको थियो । विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै बोहोराले २०६९ साल पुष ११ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । बोहरासहित उनका छोरा, छोरी र श्रीमतीले पनि सफाइ पाएका छन् ।

Womui
Womui