प्रदेश १ःहर्न निषेधको असफल अभ्यासपछि टिपरमाथि तोकियो समय सीमा

48

छिनछिन खबर
इटहरी,मङ्सिर १९ । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले टिपरमाथि समयसीमा तोकेको छ।२०७५ पुस १ गतेदेखि लागू हुनेगरी प्रहरीले यो व्यवस्था ल्याउन ल्याएको हो।

बढ्दो सवारी जामलाई व्यवस्थापन र ट्रिपरबाट हुने दुर्घटना कम गर्न यो व्यवस्था ल्याइएको प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए।बिहान ९ बजेबाट ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म टिपर चलाउन निषेध गर्न लागिएको हो। यो समयमा सबैभन्दा धेरै सवारी गुड्ने र दुर्घटना बढी हुने भएकाले यस्तो निर्णय गरिएको पौडेको भनाइ छ।एक वर्षअगाडि हर्न निषेधको घोषणा गरेको ट्राफिक प्रहरीले यस पटक टिपरमा समय तोकेको छ।

हर्न निषेध घोषणा गरेको एक वर्ष बितिसक्दा पनि अझै हर्न निषेध हुन सकेको छैन। ट्राफिक प्रहरीकै अगाडि चर्को हर्न बज्ने प्रदेश १ का सहरहरूमा टिपरमा लगाइएको समय सीमा पनि कार्यन्वयन हुन सक्नेमा शङ्का उत्पन्न भएको छ।उता प्रहरी प्रमुख पौडेल भने आवश्यक स्थानमा मात्र बज्ने अवस्था सृजना गरेको भन्दै कार्यनयन भएको तर्क गर्छन्।

ट्राफिक प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार टिपरकै कारण प्रदेश १ मा साउनदेखि १२ वटा दुर्घटनाहरू भए। जसमध्ये ५ जनाको ज्यान गयो भने १२ जना गम्भीर घाइते भएर अझै पनि उपचार गराइरहेका छन्।प्रहरीका अनुसार सबैभन्दा धरै दुर्घटना हुने जिल्लाहरूमा उदयपुर, सुनसरी र मोरङ रहेका छन्। जहाँ सबैभन्दा धेरै क्रसर उद्योग सञ्चालन भइरहेका छन्।यसभन्दा अगाडि काठमाडौँ उपत्यकामा राति ८ बजेपछि टिपर कुदाउन निषेध गरिएको छ। त्यसको ५ महिनापछि प्रदेश १ मा पनि टिपर चलाउन कडाइ गरिने भएको हो।

Womui
Womui