महोत्तरी प्रहरीको नियन्त्रणमा ४४ लागुऔषध तस्कर

108

छिनछिन खबर
काठमाडौं,मङ्सिर १९ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विगत ६ महिनाको अवधिमा ४४ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरेको छ।

भारतीय सीमा नाकाबाट नेपाल ल्याउने तथा नेपालबाट गाँजा लगायतका लागुऔषध तस्करी गरी भारत लैजाने ४४ जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए।पछिल्लो समय भारतीय नाकाबाट विभिन्न खाले एम्पुलहरू लागुऔषधको रुपमा भित्रन थालेपछि लागुऔषधविरुद्ध अप्रेशन चलाएर तस्करहरुलाई पक्राउ गरिएको बताएका छन्।

कोरेक्स लगायतका बोतलवाला लागुऔषधहरु ५ महिनाको अवधिमा ५९ बोतल बरामद गरिएको छ।त्यस्तै इन्जेक्सन लागुऔषध ७, गाँजा २ सय २४ किलो, विभिन्न एम्पुलहरु २ हजार ७३ पिस, ट्याब्लेट लागुऔषध १ हजार ५ सय २१ सहित ४४ जनालाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए।लागुऔषध सेवन तथा बिक्री वितरणमा अधिकांश जसो युवावर्गहरूको संलग्नता हुने गरेको उनको भनाइ छ।

ठूलो मात्रामा युवा लागुऔषध सेवन तथा बिक्री वितरणमा लागेपछि महोत्तरी प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लागुऔषधविरुद्ध जनचेतनामुलक कार्यक्रम गरिरहेको छ।‘पढ्ने उमेर समूहका युवाहरु लागू औषमा फस्नु निकै दुखद् कुरा हो। यसले भोलिको समाज झनै डरलाग्दो बनाउँछ’, एसपी कार्कीले भने, ‘हामीले लागू औषध सेवन तथा ओसारपसार र खरिद बिक्री गर्नेहरुविरुद्ध कडा कारबाही चालेका छौँ। लागुऔषध कारोबार तथा सेवन गर्न कसैलाई छुट छैन।’

Womui
Womui