पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २,२ रुपैयाँ घट्यो

36

छिनछिन खबर
काठमाडौं, मंसिर १७ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २÷२ रुपैयाँ घटाइएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ तोकिएको छ । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सोमबार मध्यरातबाट लागू हुनेछ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो ।


विगत साढे दुई महिनाको अवधिमा अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुको थियो । पछिल्लो एक महिनामा निगमलाई २ अर्बभन्दा बढी घाटासमेत भएको दावी गरिएको छ । मूल्यमा समायोजन गरेपश्चात् निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८१ पैसा नाफा रहेको छ । एलपी ग्यासमा भने प्रतिसिलिन्डर २ सय ८४ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ ।

Womui
Womui