तरुण दलका नेता भन्छन्– निर्मला पन्तका हत्यारालाई २४ घण्टाभित्र सार्वजनिक गर्छौं

45

छिनछिन खबर
भैरहवा,मङ्सिर १७ नेपाल तरुण दलले निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै भैरहवामा प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले घटनाको चार महिना बितिसक्दासमेत गृहमन्त्रीले अपराधीलाई कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै राजीनामा माग गरेको हो।केपी शर्मा ओली नेतृत्वको सरकारले निर्मला पन्तको हत्याराको पहिचान गरिसकेपनि कारबाही नगरी सरंक्षण गरेको आरोप लगाएको छ।

सोमबार तरुण दलले निर्मलाको हत्यारालाई कारबाही नगरेको, वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको लगायतको विरोधमा भैरहवामा प्रदर्शन गरको हो। साथै दलले यी विषयहरुमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ।ज्ञापनपत्र बुझाएपश्चात् कोणसभालाई सम्बोधन गर्दै तरुण दल, रुपन्देहीका अध्यक्ष सोमबहादुर (सेते) गुरुङले निर्मला पन्त हत्या घटनाको चार महिना बितिसक्दासमेत सरकारले अपराधीलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाए। उनले सरकारले अपराधीलाई पक्राउ गर्न नसके तरुण दललाई जिम्मा दिएमा २४ घण्टाभित्र अपराधीलाई सार्वजनिक गरिदिने दाबीसमेत गरे।

‘निर्मलाको हत्यारालाई पक्राउ नगरे मुलुकमा सरकार छैन भन्नुपर्यो, सरकार छ भने हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्यो’, उनले भने, ‘यदि सरकारले पक्राउ नै गर्न सक्दैन भने तरुण दललाई जिम्मा देओस्, २४ घण्टा भित्र अपराधीलाई सार्वजनिक गरिदिन्छौँ।’उनले राज्यको ढुकुटीबाट वाइडबडी विमान खरिदमा अर्बौ रुपैयाँ भएको भ्रष्टाचार सरकारको नभई आमनागरिकको खुन, पसिनाबाट आर्जन भएको बताउँदै भ्रष्टाचार गर्नेलाई कारबाही गर्न माग गरेमुलुक धर्म निरपेक्षतामा गइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले क्रिस्चियन धर्मको प्रचार गरेको उनले आरोप लगाए। उनले एक विवादित अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाले क्रिस्चियन धर्मको प्रचारका लागि आयोजना गरेको कार्यक्रममा सरकार आयोजक भएर ३ करोड बढी नेपालीको भावनासगँ खेलबाड गरेको बताए।

Womui
Womui