पत्रकार रुद्र खड्कालाई सेजन अवार्ड

222

छिनछिन खबर
काठमाडौं, मंसिर १५ । पत्रकार रुद्र खड्काले यस वर्षको सेजन अवार्ड प्राप्त गर्नु भएको छ । आर्थिक पत्रकार समाज (सेजन) द्वारा हरेक वर्ष प्रदान गरिने उक्त अवार्ड यसवर्ष छापा सञ्चार माध्यमका लागि खड्कालाई प्रदान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक प्रा. डा. रामप्रसाद ज्ञवाली तथा पत्रकारहरू धु्रवहरि अधिकारी र बबिता बस्नेत निर्णायक रहेको समितिले पुरस्कारको छनोट गरेको हो । पुरस्कारको राशी ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।


सेजन स्थापना दिवसको अवसर पारेर शनिबार पुरस्कार वितरण गरियो । अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार वितरण गरेका थिए । खड्काले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइमा भएको अनियमितताबारे नागरिक दैनिकमा लेखेको समाचार उत्कृष्ट भएको हो । विद्युतीय सञ्चार माध्यमको तर्फबाट क्यापिटल अनलाइका पत्रकार सुवास योञ्जनले पुरस्कार पांए ।

Womui
Womui