राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

217

छिनछिन खबर
काठमाडौं,मंसिर १५ ।राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गरेकी छिन् ।राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बिहान त्यस तर्फ प्रस्थान गरेकी हुन् ।

उनी पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्तराष्ट्रसंघीय जलवायु परिर्वतन सम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी हुनेछिन् । कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी भएपछि सोमबार राष्ट्रपतिले उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।राष्ट्रपतिले आईतबार नै जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले गर्ने कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ । त्यसैगरी राष्ट्रसंघीय महासभाकी अध्यक्ष फर्नाण्डा स्पीनोस गार्सियस र राष्ट्रपतिबीच साईडलाईन भेट हुने कार्यतालिका छ ।

त्यसैगरी सोमबार सांझ उनी पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यतालिका छ । मंगलबार राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति डुडासंगै कातोबीचमा दुईपक्षीय भेटघाटको कार्यक्रम तय भएको छ ।राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमत्री एवं रक्षा मन्त्री इश्वर पोखरेल , गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

उनीसंगै सांसदहरु पूर्णाकुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहायक प्रसाद यादव, चन्द्रा चौधरी पनि सो कार्यक्रममा सहभागी हुने छन् । त्यसैगरी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ गएका छन् । त्यसैगरी राष्ट्रपति कार्यालयका अधिकारीहरु, परराष्ट्र र वन मन्त्रालयका अधिकारी पनि राष्ट्रपतिको पोल्याण्ड भ्रमण टोलीमा सहभागी छन् ।राष्ट्रपति भण्डारी मंसिर २० गते विहिबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

Womui
Womui