श्रृंखला खतिवडा सफलतातिर लम्कदै, टप २० मा प्रवेश

40

छिनछिन खबर
काठमाडौं, मंसिर १५ । विश्व सुन्दरी प्रतियोगिता नेपालबाट प्रतिनिधित्व गरेकी श्रृंखला खतिवडालाई सफलता हात लाग्ने क्रम जारी छ । उनी विश्ववका १ सय २० देशकी सुन्दरीहरुलाई उछिन्दै टप २० मा प्रबेश गरेकी छिन् । ‘हेड टु हेड च्यालेन्ज’ मा समूह बिजेता हुँदै टप २० मा परेकी छन् । उनले अर्जेन्टिना, बोस्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पारेर दोस्रो चरणमा पुगेकी छिन् ।


उनले आफ् पछिल्लो चुनौतिका लागि पनि तयार रहेको बताएकी छिन् । उनले अब एउटा प्रस्तुतिकरण दिनुपर्छ र त्यसैको आधारमा हेड टु हेडको टप १० छनोट हुनेछ । विश्व सुन्दरी प्रतियोगितमा नेपालबाट धेरैले भाग लिए तर टप २० मा खतिवडा मात्र पर्न सफल भएकी छिन् । उनी विश्व सुन्दरी हुने दौडमा छिन् ।

Womui
Womui