जस्तो पायो त्यस्तो व्यक्तिलाई नेकपाले प्रदेश कमिटीमा राखेपछि किचलो, सूची सार्वजनिक नहुँदै चर्को विरोध

46

छिनछिन खबर
काठमाडौं, मंसिर १५ । नेकपाले पार्टीमा योगदान गरेको र इमान्दार व्यक्तिको साटो जस्तो पायो त्यस्तै व्यक्तिलाई प्रदेश कमिटीमा राखेपछि विवाद चुलिएको छ । सोही विवादका कारण दुई दिनअघि नै सार्वजनिक गर्ने भनिएको प्रदेश सदस्यहरूको सूची सार्वजनिक हुन सकेको छैन ।


बुधबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश कमिटीका सदस्यहरुको सूची टुंग्याएको थियो । तर पार्टी्भित्रका प्रभावशाली नेताले स्थायी कमिटीबाट पारित नगरेसम्म सूची सार्वजनिक नगर्न चुनौति दिएपछि छनोटमा परेका सदस्यहरूको नाम सार्वजनिक हुन सकेको छैन । प्रदेश कमिटी र जिल्ला कमिटी गठनका लागि प्रदेश सचिवालयबाट सिफारिस मागिएको थियो । २ नम्वर प्रदेश बाहेक सवै प्रदेशले सर्वसम्मतिबाट प्रदेश र जिल्ला कमिटीको सिफारिस गरेको थियो । तर पछि सचिवालयले महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलको दुई सदस्य कार्यदल बनायो । पौडेल र थापाको कार्यदलले बनाएको सूची नै आधिकारिक प्रदेश कमिटी हुने भएपछि प्रदेशका इन्चार्ज र अध्यक्षहरु रुष्ट बनेका छन् ।

प्रदेश कमिटीमा आफन्त, आसेपासे र गर्ल फ्रेन्डलाई राखेको पाइएपछि विरोध बढेको एक नेताले बताए । विगतमा प्रदेश कमिटीमा रहेका अन्चल वा जिल्ला कमिटीमा रहेका पुराना व्यक्तिहरुको नाम नै छुटाएको ती सदस्यले बताए ।
पार्टी्भित्र लामो राजनीतिक यात्रा गरेका नेताहरु प्रदेश कमिटीमा छुटेका छन् ।

Womui
Womui