राष्ट्रसंघले भन्यो– निर्मला हत्याकाण्डमा सरकारको कदम शंकास्पद

104

छिनछिन खबर
काठमाडौं, मंसिर १४ । संयुक्त राष्ट्र संघले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा नेपाल सरकारको कदम शंकास्पद रहेको प्रतिक्रिया दिएको छ । घटनामा सामेल व्यक्ति पक्राउ गर्न नसकेको बेला सरकारलाई देशभित्र निरन्तर दवाव भइरहेका बेला राष्ट्रसंघले समेत निर्मला बलात्कार तथा हत्या प्रकरणमा सरकारको कमजोरी रहेको बताएको हो ।


युएन स्पेसल ‍¥यापोटर अन भायलेन्स अगेन्स्ट वुमन डुब्राभ्का सिमोनोभिकले निर्मला बलात्कार तथा हत्यामा नेपाल सरकारले कमजोरी गरेको बताएकी छन् । उनले आफ्नो प्रतिबेदनमा नेपाल सरकारको कमजोरीलाई समावेश गर्ने बताइन । कञ्चनपुर लगायत नेपालका १० गाउँको अध्ययन गरेर फर्केपछि सिमोनोभिकले निर्मला प्रकरणमा सरकारमाथी दर्जनौ आशंका उठेका बताएकी छन् । नेपाल सरकारले गलत कदम उठाएको र चुकेको उनको भनाइ छ ।

सरकारले निर्मला पन्तका हत्यारालाई जोगाउन खोजेको आरोप नेपाली समाजमा लागिरहेको छ । यही बेला राष्ट्रसंघले आफ्नो दवाव बढाउने भएको हो । निर्मला बलात्कार तथा हत्या प्रकरणमा सत्तामा रहेका ब्यक्तिकै नातेदार भएको आरोप राजनीतिक बृत्तबाटै लाग्न थालेको छ । नेपाली कांग्रेसका नेता गगन थापाले कञ्चनपुर पुगेर रामबहादुर थापा गृहमन्त्री भएसम्म निर्मलाका हत्यारा सार्वजनिक नहुँने बताएका थिए । विप्लव नेतृत्वको नेकपाले पनि सत्ता सञ्चालककै छोराहरुबाट निर्मलाको बलात्कार र हत्या भएको बताएको थियो ।

Womui
Womui