तालिवानी आक्रमणमा ११ नेपाली घाइते

37

छिनछिन खबर
काठमाडौं, मंसिर १४ । तालिवानी आतंकबादी हमलामा परी अफगानिस्तानमा ११ नेपाली घाइते भएका छन् । अफगानिस्तानको काबुलमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका थिए । घाइते हुनेमध्ये ११ नेपाली रहेको अफगान सरकारले पुष्टि गरेको छ । हमला बुधबार गरिएको थियो । ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत नेपालीहरु आक्रमणमा परी घाइते भएका हुन् । नेपालमा रहेका घाइतेका परिवारलाई कम्पनीले जानकारी दिइसकेको छ । अफगानिस्तानका सरकारी अधिकारीका अनुसार घटनामा चार विदेशीसहित कम्तीमा १० जनाले ज्यान गुमाएका छन् ।

आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते बताएको छ । घटनाको जिम्मा जिम्मा तालिबानले लिएको छ । १२ जना नेपालीको ज्यान जानेगरी यसअघि कावुलमा आक्रमण भएको थियो । त्यस लगतै सरकारले अफगान रोजगारकाका लागि बन्द पनि गरेको थियो । तरपनि १० हजारभन्दा बढि नेपालीहरु काबुलमा कार्यरत रहेका छन् ।

Womui
Womui