सैनिक भर्नामा करोडौंको घुस

128

छिनछिन खबर
काठमाडौं, मंसिर १४ । नेपाली सेनाको विभिन्न पदमा भर्ना हुँदा करोडौंको घुस लिने गरेको तथ्य खुलेको छ । यसरी घुस लिएको पाइएपछि नेपाली सेनाको कोर्ट मार्सलले ३ अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको छ ।


२०७३ देखि २०७५ सम्म भएका विभिन्न पदको भर्नामा अनियमितता गरेको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरूद्ध कोर्ट मार्सल सुरू भएको थियो ।
े ९ सदस्यीय जनरल समरी सैनिक अदालतले सो मुद्दामा ४ अधिकृत १४ जनालाई सफाइ दिइएको छ भने अरू सबै दोषी सावित भएका छन् ।
उनीहरूबाट ३ करोड २२ लाख ७५ हजार रूपैयाँ बिगो उठाउने अदालतले फैसला गरेको छ ।

अदालतले २ अधिकृतसहित ६ जनालाई पैंतिस दिनदेखि तीन वर्ष कैद गरी बर्खास्त गर्ने, २ अन्य दर्जाकालाई ६ वर्ष कैद र बर्खास्त गर्ने, १ अधिकृतसहित ३ जनालाई बर्खास्त गर्ने फैसला गरेको छ। । बाँकीमध्ये केही बढुवा रोकिएको छ भने केहीलाई सचेतमात्र गराइएको छ ।

Womui
Womui