वाइड बडी खरिदबारे सात दिनभित्र राय दिन निर्देशन

37

छिनछिन खबर
काठमाडौं, मंसिर १२ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुई वाइड बडी जहाज खरिद गर्दा सार्वजनिक खरिद ऐनको पालना गरे÷नगरेकोबारे सात दिनभित्र राय दिन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रधानमन्त्री कार्यालयमातहतको कार्यालयका सचिव मधु रेग्मीलाई सात दिनभित्र राय दिन निर्देशन दिएको हो । वाइड बडी किन्दा कार्यालयसँग निगमले कसरी समन्वय गरेको थियो भन्ने जानकारी लिन समितिले सचिव रेग्मीलाई बोलाएको थियो ।


बैठकमा रेग्मीले वाइड बडी किन्दा सार्वजनिक खरिद ऐन पालना भएको छ कि छैन भन्ने कार्यालयलाई थाहा नभएको बताए । ‘वाइड बडी खरिदको आधिकारिक जानकारी कार्यालयसँग छैन, यसबारे निगमले कुनै सहकार्य पनि गरेको छैन,’ सचिव रेग्मीले समितिमा भने भने,‘त्यसैले धेरै भन्न अवस्था छैन। मिडियामा आएको कुराअनुसार मूल्य र गुणस्तरमा प्रतिष्पर्धा भयो कि भएन हेर्नुपर्छ ।’ उनले टेन्डर गर्दा नै रोल्स रोयस इन्जिन र ए ३२० एयरबस तोकिनु ऐनविपरित भएको बताए । ‘त्यही जहाज चाहिने भए कम्पनीबाट सोझै खरिद गर्नुपर्थ्यो। बीचको कम्पनीबाट किन्न मिल्दैन,’ रेग्मीले भने, ‘नयाँ जहाज किन्नु थियो भने टेन्डर गर्दा किन १ हजार घन्टा उडाएको भनेर खरिद प्रक्रिया सुरू गरियो। यसमा गल्ती देखिन्छ ।’ सचिव रेग्मीका कुरा सुनेपछि सभापति भरतकुमार शाहले यी सबै कुरा लिखित रूपमा सात दिनभित्र समितिलाई दिन निर्देशन दिएका हुन् ।

Womui
Womui