दैलेखमा जीप दुर्घटना, ५ को मृत्यु

246

छिनछिन खबर
दैलेख, मंसिर १२ । सुर्खेतबाट दैलेखको बाहाकोटतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भे१च २२०७ नम्वरको बोलेरो जीप बुधबार ठाँटीकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही ३० वर्षीय निर्मल वम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र ठाँटीकाँध–४ का दिलिप शाहीको मृत्यु भएको छ । राजेन्द्र र निर्मलाको घटनास्थलमै र बाँकीको उपचारका लागि सुर्खेत लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


पोखरेलका अनुसार मोडमा जीप ब्याक गर्ने क्रममा जीप सडकदेखि ४० मिटर तल खसेको थियो । जीपमा आठ जना सवार थिए । दुर्घटनामा घाइते भएका ठाँटीकाँध–१ का २८ वर्षीय शम्शेर बम, ३० वर्षीय युद्ध सुची र २८ वर्षीय मनिश राष्कोटी समेतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि सुर्खेत लगिएको छ ।

Womui
Womui