दोस्रो विवाहको तयारीमा करिश्मा कपुर, मिति चाँडै तोकिने

184

एजेन्सी–बलिउडमा आफ्नो अभिनयबाट मानिसहरुको मन जित्न सफल नायिका करिश्मा कपुरले वास्तविक जीवनमा पनि कसैको मन जितिसकेकी छिन् र चाँडै नै कसैको बेहुली बन्नेछिन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार करिश्माका प्रेमी संदीपले चाँडै नै करिश्मालाई विवाहको लागि प्रस्ताव गर्नेछन् ।

सन्दीप र करिश्मा निकै लामो समयदेखि एक अर्कासँग डेटमा रहँदै आएका छन् । पहिला त दुबैले आफ्नो सम्बन्ध मिडियालाई लुकाउँथे तर केही समयदेखि हरेक ठाउँमा उनीहरु सँगै देखिन्छन् । करिश्माको परिवारले पनि संदीपलाई निकै मन पराउने बताइएको छ ।
संदीप आफ्नी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गर्दैछन् । मुद्दा अहिले कोर्टमा छ । संदीपले चाँडै नै करिश्मालाई जुहुमा तीन बेडरुमको फ्ल्याट उपहारस्वरुप दिँदै छन् भन्ने खबर छ ।

Womui
Womui